मोरङ । किरात मुन्धुम अध्ययन केन्द्र सुनसरी समन्वय समितिको अध्यक्षमा वसन्त राई निर्वाचित भएका छन् । शनिवार बेलबारीको नेपाल आदिवासी जनजाति सभाहल सम्पन्न किरात मुन्धुम अध्ययन केन्द्र नेपाल सुनसरी–मोरङ समन्वय समितिको दोस्रो अधिवेशनबाट वसन्त अध्यक्ष भएका हुन ।
त्यस्तै उपाध्यक्षमा विष्णु कुमार राई, सचिवमा वन्दना राई, सहसचिवमा शुजता राई, कोषाध्यक्षमा भिम बहादुर राई, सहकोषाध्यक्षमा कल्पना राई, सदस्यहरूमा चन्द्रकला राई, इन्द्र राज राई, सरिता राई निर्वाचित भएका छन् ।
पहिलो अधिवेशनसम्म किरात मुन्धुम अध्ययन केन्द्रको मोरङ र सुनसरी जिल्लाले संयुक्त रूपमा एकै समितिको निर्माण गरी काम गरिरहेका थिए । दोस्रो अधिवेशनमा भने दुवै जिल्लाको आ–आफ्नो कार्य समिति निर्माण भएको हो । खुल्ला सत्र किरात राई यायोक्खाका उपाध्यक्ष तिलक प्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।