किरात मुन्धुम अध्ययन केन्द्र मोरङ समन्वय समितिको अध्यक्षमा चित्र बहादुर चाम्लिङ राई


मोरङ । किरात मुन्धुम अध्ययन केन्द्र मोरङ समन्वय समितिको अध्यक्षमा चित्र बहादुर चाम्लिङ राई निर्वाचित भएका छन् । शनिवार बेलबारीको नेपाल आदिवासी जनजाति सभाहल सम्पन्न किरात मुन्धुम अध्ययन केन्द्र नेपाल सुनसरी–मोरङ समन्वय समितिको दोस्रो अधिवेशनबाट चित्र अध्यक्ष भएका हुन ।

त्यस्तै उपाध्यक्षमा भिम प्रसाद कुलुङ राई, सचिवमा मुगा धन थुलुङ राई, सहसचिवमा शशी बान्तावा राई, कोषाध्यक्षमा सीता छाराहाङ राई, सहकोषाध्यक्षमा ज्ञान बहादुर साम्पाङ राई, सदस्यहरूमा मान बहादुर मेखुलुहुन राई, उत्तर कुमार मेवाहाङ राई, मैया देवी बान्तावा राई, इन्द्र कुमारी साम्पाङ राई, उदय कुमार थुलुङ राई निर्वाचित भएका छन् ।

पहिलो अधिवेशनसम्म किरात मुन्धुम अध्ययन केन्द्रको मोरङ र सुनसरी जिल्लाले संयुक्त रूपमा एकै समितिको निर्माण गरी काम गरिरहेका थिए । दोस्रो अधिवेशनमा भने दुवै जिल्लाको आ–आफ्नो कार्य समिति निर्माण भएको हो । खुल्ला सत्र किरात राई किरात राई यायोक्खाका उपाध्यक्ष तिलक प्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्