एभरेष्ट आन्तरिक पौडी प्रतियोगिता सम्पन्न : साइरसलाई ५ स्वर्ण, धावा र इमोनको ७–७ पदक


विराटनगर । हिजोदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको आन्तरिक पौडी प्रतियोगिता आज (शनिवार) सम्पन्न भएको छ । उमेर समूह, दुरी र स्टाइलमा गरी १७ वटा विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी साइरस मिश्रले ५ वटा स्वर्ण पदक प्राप्त गर्नुभएको छ , भने धावा तामाङ २ वटा स्वर्णसहित ७ वटा पदक ल्याउन सफल हुनुभएको छ । उहाँले २ स्वर्ण , २ रजत र ३ वटा कास्य पदक जित्न सफल हुनुभएको हो । यस्तै इमोन लामाले पनि २ स्वर्ण र ५ वटा रजतसहित ७ वटा पदक प्रास्त गर्नुभएको छ । यस्तै सिद्धार्थ तामाङ २ स्वर्ण र १ रजत पदक जिल्न सफल हुनुभएको छ ।

विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डङ्गोलका अनुसार ३० मिटर फ्रि स्टाइल ८ वर्षभन्दा कम उमेर समूहमा प्रणव भट्टराई प्रथम, स्वराज नेपाल द्धित्तिय र रञ्जित साह तृतीय हुनुभएको छ । २५ मिटर फ्रि स्टाईलमा ८ देखि १० वर्षको उमेर समूहबाट आरोग्य पाण्डे, आश्रय भण्डारी र आरभ घिमिरे तथा ५० मिटर फ्रि स्टाइलमा १२ देख १४ वर्ष उमेर समूहमा ओनस प्रधान, सिद्धार्थ तामाङ र अमन यादव क्रमशः प्रथम, द्धितिय तृतीय हुनुभयो ।

५० मिटर फ्रि स्टाइलमा १० देखि १२ वर्ष उमेर समूहमा धावा तामाङ, हर्षित राठी, र दृशान्त भण्डारी प्रथम द्धित्तिय र तृतीय हुनुभयो । ५० मिटर फ्रि स्टाइल १४ वर्ष माथिको उमेर समूहमा साइरस मिश्र, अभियान बुढाथोकी र क्षितिज चौधरी प्रथम, द्धित्तिय र तृतीय हुँदा ५० मिटर फ्रि स्टाईल खुला तर्फ साइरस मिश्र, इमोन लामा, अभियान बुढाथोकी तथा १०० मिटर फ्रि स्टाईल खुलामा इमोन लामा, क्षितिज चौधरी र हर्षितप्रताप सिंह प्रथम द्धित्तिय र तृतीय हुनुभयो ।

२०० मिटर फ्रि स्टाईल खुलामा साइरस मिश्र प्रथम, इमोन लामा द्धित्तिय र धावा तामाङ तृतीय हुँदा ४०० मिटर फ्रि स्टाईल खुला तर्फ साइरस मिश्र प्रथम, इमोन लामा द्धित्तिय र हर्षित राठी तृतीय हुनुभयो । १००० मिटर फ्रि स्टाइलमा साइरस मिश्र, इमोन लामा र धावा तामाङ क्रमशः प्रथम द्धित्तिय र तृतीय हुँदा ५० मिटर ब्रेस्ट स्ट्रकमा सिद्धार्थ तामाङ, धावा तामाङ, रोजित श्रेष्ठ क्रमशः प्रथम द्धित्तिय र तृतीय हुनुभयो । २५ मिटर बटरफ्लाईमा सिद्धार्थ तामाङ, रोजित श्रेष्ठ र धावा तामाङ यसै गरी १०० मिटर आयाम तर्फ धावा तामाङ, इमोन लामा र सिद्धार्थ तामाङ क्रमशः प्रथम, द्धित्तिय र तृतीय हुनुभयो ।

५० मिटर ब्याक स्ट्रकमा इमोन लामा प्रथम, धावा तामाङ द्धित्तिय र कृतक बर्तौला तृतीय हुनुभयो । यसै गरी १०० मिटर रिले पौडीमा भने सुज्ञान कोइराला, एलेक्स बस्नेत र आरोग्य श्रेष्ठको समूह प्रथम हुँदा आरोग्य पाण्डे, हर्षित राठी र बिराज ढकालको समूह द्धित्तिय र एलेक्स राज जोशी, नुराज नेपाल र रुद्र शर्माकोसमूह तृतीय भएको छ ।
महिला तर्फ २५ मिटर फ्रि स्टाइलमा आस्ना कटुवाल प्रथम, आरुशी जोशी द्धित्तिय र आरुशी बालाकोटी तृतीय हुँदा ५० मिटर खुलातर्फ यदेन लामा प्रथम, टुईङ्कल गुप्ता द्धित्तिय, युदिता श्रेष्ठ तृतीय हुनुभयो ।

विजेताहरूलाई एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरी, भाइ प्रिन्सिपल टीएन भण्डारी, एभरेष्ट कलेजका सहायक प्राचार्य नारायण कडरीया, पौडी प्रशिक्षक इन्द्रराज भण्डारीलगायतले पदक वितरण गर्नुभएको थियो । यसैबिच १ हजार मिटरको पौडी प्रतियोगितामा सहभागिता जनाउने ५ जना विद्यार्थीलाई प्रोत्साहन स्वरूप एक÷एक हजार रुपैयाँ नगद समेत वितरण गरिएको छ ।

खेलकुदमा सक्रिय सहभागिताको लागि प्रोत्साहन गर्न विद्यालयका प्रिन्सिपल पुरीले नगद पुरस्कार वितरण गर्नुभएको हो । एभरेष्ट स्कुल–कलेजले शैक्षिक ज्ञानसँगै पौडी, फुटबल, बास्केटबल, टेबल टेनिस, कराँते, नृत्य, गायनलगायतका विभिन्न क्रियाकलापलाई समेत दक्ष प्रशिक्षकद्वारा नियमित अभ्यास गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्