बेलबारी २ का सिताराम दाहालको घरमा आगलागी : रु.७ लाख बराबरको क्षति


बेलबारी । बेलबारी नगरपालिका वडा नं.२ को लक्ष्मिचोक निवासी सिताराम दाहालको घरमा आगलागी भएको छ । आज (सोमबार) बिहान करिब ११ बजे आगलागी भएको हो ।

बेलबारी वडा नं.२ का सदस्य दीपक लिम्बुका अनुसार स्थानीय साथै प्रहरीको सहयोग र दम्कलको प्रयोगमा करिब १ घण्टा भित्र पूर्ण नियन्त्रण आएको थियो । आगोबाट १ तोला सुनको चेन, आधा तोला पुतली, ५ आनाको तिलहरी, २ तोला चाँदी, घरको फर्निचर, लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ ।

रु.७ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । विद्युत् खराबीको कारण सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्