नेकपा एमाले कानेपोखरी गाउँ कमिटीको विज्ञप्ति : लामिचौरी वनको अध्यक्षको उम्मेदवार कृष्ण थामी


कानेपोखरी । कानेपोखरीको गाउँपालिका वडा नं.७ स्थित लामिचौरी सामुदायिक वन समितिको चुनाव भोली छ । नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेद्वारको विषय गाउँ कमिटीले आज विज्ञप्ति जारी गरेको छ ।

नेकपा एमाले र गठबन्धन बिच प्रतिस्पर्धा हुँदै छ । तर नेकपा एमालेको तर्फबाट अध्यक्षमा दुई जनाको दाबी रहेको छ । यसै कारण नेकपा एमालेले सिफारिस गरेको उम्मेद्वार र बागी को हो ?, भन्नेमा विवाद रहेको थियो । नेकपा एमालेको गाउँ कमिटीको लिखित कुनै आधिकारिक धारण नआउँदा पार्टी भित्रका दुवै उम्मेद्वारका समर्थकहरू अन्योलमा थिए । तर विज्ञप्ति जारी गर्दै पार्टीले अध्यक्षमा कृष्ण थामीको नाम सिफारिस गरेको जनाकारी गराएको छ ।

विज्ञप्तिमा ग्रामीण सुधार सामुदायिक वनबाट अलग बनाएर क्षेत्र नं.२ को दही लामीचौर सामुदायिक वन उपभोक्ता समूहको उम्मेद्वारीको आधिकारिकताको विषयमा कानेपोखरी गाउँपालिका स्तरीय अन्तरपार्टी छलफलबाट २ नं.क्षेत्र (दही लामीचौरी सामुदायिक वन) को नेतृत्व नेकपा एमालेको तर्फबाट उम्मेद्वारी गर्ने सहमति भए अनुसार नेकपा एमाले पार्टी अध्यक्ष सुशील बुढाथोकी, पार्टी इन्चार्ज दान बहादुर बस्नेत, वडा नं.७ शाखा कमिटी अध्यक्ष तथा सचिव, वडा नं.४ शाखा कमिटी अध्यक्ष समेतको बैठकबाट गाउँ कमिटीका उपसचिव कृष्ण थामीलाई अध्यक्ष र दीपक लिम्बुलाई उपाध्यक्ष बनाएर लाने निर्णय गरिएको उल्लेख छ ।

अवैधानिक रूपमा कृष्ण थामीलाई बागी उम्मेद्वार भनी गलत प्रचार गरेकोमा आपती विज्ञप्ति मार्फत प्रकट गर्दै पार्टी कमिटीले अध्यक्षको आधिकारिक उम्मेद्वार थामी नै रहेको जानकारी गराएको छ । विज्ञप्तिमा अध्यक्ष सुशील बुढाथोकी र सचिव चरण गुरुङले हस्ताक्षर गरेका छन् ।

सचिव गुरुङले पार्टीको उम्मेद्वार थामी नै रहेको बताउँदै बागी भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन् । गुरुङ भन्छन्, ‘नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार कृष्ण थामी हो । उनी बागी हैन, कसैले व्यक्तिगत तिक्तताको कारण गलत प्रचार गर्न पाउँदैन ।’ थामी नेकपा एमाले गाउँ कमिटीको उपसचिव पनि हुन ।

तर त्रिभूनाथ नेपालको समर्थकले भने उनीलाई नै नेकपा एमाले गाउँ कमिटीले अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको दाबी गर्दै आएका थिए । नेपाल वडा नं.६ को पूर्व वडा सदस्य पनि हुन । उपाध्यक्षमा शुखमाया तामाङ(सुनिता) र भिमकुमारी चोङवाङको मात्र उम्मेदवारी रहेकोले यो पदमा दुई जनामा एक जना सर्वसहमती हुने सचिव गुरुङले जनाएका छन् ।

नेकपा एमालेको प्यानमा सचिवको उम्मेद्वारमा मान बहादुर तेयुङ (दीपक), सहसचिवमा दीपक घिसिङ, कोषाध्यक्ष संगित वि.क, सदस्यहरूमा प्रेमबहादुर तामाङ, लक्ष्मण कार्की, सूर्यबहादुर खुलाल र भूमि प्रसाद थेगिम रहेका छन् । लेखा संयोजकमा टंक घिमिरे रहेका छन् ।

गठबन्धनबाट अध्यक्षमा सरमान धिसिङ, सचिवमा होमनाथ खरेल, सहसचिवमा नरबहादुर कटुवाल, कोषाध्यक्षमा स्वस्किा फुयल(अधिकारी), सदस्यहरूमा तिलकबहादुर दाहाल, भूपेन्द्र सुब्बा, गुणराज फुयल र थर्क बहादुर परियार रहेका छन् । लेखा संयोजकमा जनक ढकालको उम्मेद्वारी रहेको छ ।

अध्यक्षमा थप राजकुमार लिम्बुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । लिम्बुको उम्मेद्वारीसँगै अध्यक्षमा ४ जना बिच प्रतिस्पर्धा हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्