सांसद शर्मासँगै नक्कली शैक्षिक योग्यता प्रमाणपत्र प्रकरणमा थप दुई जना पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्मासँगै नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार पक्राउ परेका हुन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध ब्युरोले अपरेसन थालेको छ ।

बिहीबार पनि ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो । योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सो प्रकरणमा बिहीबार ‘चिकित्सक’ हरू रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी तथा नेपाली काँग्रेसका सांसद शर्मा पक्राउ परेका हुन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सीआईबीले ‘फोक्सट्रो चार्ली’ अपरेसन अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्