भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश


काठमाडौं । काठमाडौँको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना सरकारी जग्गामा बनाइएको भन्दै काठमाडौं महानगरले डोजर लगाएर भत्काएकै दिन उच्च अदालत पाटनले ती संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतको आदेश आउनु अगाडि नै आज दिउँसो महानगरले डोजर लगाएर संरचनाहरू भत्काएको छ । महानगरले यसअघि नै जग्गा खाली गर्न तीन दिने सूचना दिएको थियो । त्यसपछि सेवा सदनले उच्च अदालत पाटनमा संरचना भत्काउन निषेधको आदेश माग गर्दै निवेदन दिएको थियो । सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेश दिने वा नदिने भन्ने सुनुवाइका लागि यही साउन ८ गतेका लागि पेसी तोकिएको छ । सो दिन दुवै पक्षलाई झिकाउने आदेश समेत दिएको छ । उच्चले सो भवन भत्काउनुको कारण पेस गर्न समेत १५ दिने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्