त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठुलो परिमाणमा सुन बरामद


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठुलो परिमाण हुने अनुमान गरेको छ ।

राजश्व अनुसन्धान विभागले बुधवार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झन्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए । नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठुलो परिणामको सुन सक्ने उनको भनाई छ ।

सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँच पास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार, बरामद सुन मङ्गलवारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो ।

प्रतिक्रिया दिनुहोस्