बससँग ठोक्किँदा ट्रक सप्तकोशी नदीमा खसो : चालकसहित ३ जनाको नदीबाट उद्धार


सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा बससँग र ट्रक ठोक्किँदा ट्रक सप्तकोशी नदीमा खसेको छ । प्रहरीका अनुसार आज (शुक्रवार) बिहान मे १ ख ३००७ नं को लोड ट्रक विपरीत दुर्वहबाट आउँदै गरेको मे १ ख १७६५ नं को बससँग ठक्कर भई नदीमा खसेको हो ।

बिहान कोशी वडा नं.८ स्थित ७ः४५ मा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नायव उपरीक्षक राजकुमार राईले पूर्व पश्चिम राजमार्गमा सप्तकोशी नदीको १० न. ढोका छेउ पुलमा पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको बस र विपरीत दिशा तर्फ आउँदै गरेको लोड ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जनाएका छन् । ट्रक चालक सर्लाही बागमती न.पा ९ बस्ने वर्ष २४ को दिनेश खत्री, ट्रकमा सबार झापा कन्नकाई न.पा ३ बस्ने वर्ष ४५ को भोला दाहाल र भारत उत्तरव प्रदेश बस्ने वर्ष २४ को उमेश राजपूत तिनै जनालाई कोशी नदी बाट प्रहरी र स्थानीय बासीको सहयोगमा सकुशल उद्धार गरिएको राईले बताए ।

राईका अनुसार ट्रक चालकको दाहिने खुट्टामा चोट लागेको छ भने बाकी दुई जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । चालक खत्रीलाई उपचारको लागि स्थानीय मेडिकल भाण्टाबारीमा लगी उपचार भइरहेको छ ।

बस र बस चालक झापा शिबसतासी न.पा वडा नं ९ बस्ने वर्ष ४० नवराज दर्जी प्रचौ कोशी ब्यारेजको नियन्त्रणमा रहेको छ । बसको अगाडिको भागमा क्षति भएको छ भने बसमा सबार मानिसहरूलाई कुनै गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्