ट्राफिक सप्ताह २०८० को तेस्रो दिन चालकको स्वास्थ्य परीक्षण कार्यक्रम


सुन्दरहरैँचा । ट्राफिक सप्ताह २०८० को तेस्रो दिन चालकको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको आयोजनामा सुन्दरहरैँचा नगरपालिका वडा नं.१० मा रहेको उद्योग वाणिज्य संघको भवनमा बिहीबार कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि अजिता देवकोटा बास्तोलाले तीव्र गतिको कारण दुर्घटनाको जोखिम बढ्ने बताउँदै सडकमा सवारी साधन प्रतिस्पर्धामा हैन ट्राफिक नियम पालना गरी चलाउन आग्रह गरेकी छिन । चालकसँगै सवारी यात्रु तथा पैदल यात्रीले पनि ट्राफिक नियम पालना गरे दुर्घटना न्यूनीकरण गर्न सकिने उनले बताइन ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले पनि ट्राफिक नियम पालना गर्न नागरिकलाई जोड दिएका छन् । उनले भने, ‘नागरिकको सुरक्षा प्रहरीको जिम्मेवारी हो भने आफ्नो सुरक्षाको जिम्मेवारी नागरिक आफैको हो।’ नियम पुलिसको लागि नभएर नागरिककै लागि भएको उनले बताए । उनले ट्राफिक नियम पालना नगर्नु कानुनकी अपराध भएकोले पालना गर्न आग्रह गरेका छन्।

महतोका अनुसार कोशी प्रदेशमा यस वर्ष ५०० भन्दा बढी को मृत्यु भएको छ । तर यो संख्या कम भएको उनले बताए । महतोका अनुसार प्रहरीको धेरै प्रयत्न पछि दुर्घटनाबाट ११७ जना कमको मृत्यु भएको छ । कार्यक्रममा स्वास्थ्य परीक्षणको लागि स्थानीय सवारीसाधन चालकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्