मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तत्काल प्रदेशको नाम नफेरिने बताएका छन् । थापाले तत्काल कोशी परिवर्तन नहुने बताएका हुन् ।
तत्काल प्रदेशको नाम नफेरिने बताए पनि थापाले पहिचानवादीको मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । थापाले भने, ‘वार्ता समिति बनाएर पहिचान पक्षहरूको माग सम्बोधन हुन्छ ।’ गठबन्धनकै नेतृत्वमा ४ वर्ष सरकार चल्ने उनको दाबी थियो ।