सुन्दरहरैँचा । लायन्स क्लब अफ खोर्सानेको २०२३/०२४ को नव गठित समितिलाई पद तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार कर्ण बहादुर घिमिरे (दीपक) को अध्यक्षतामा नव गठित समितिको पद तथा कार्यभार हस्तान्तरण भएको हो ।
लायन्स क्लब अफ खोर्सानेको प्रेसिडेन्ट घिमिरे सर्वसम्मत चयन भएका हुने भने फस्ट भि.पिमा ओम कुमार श्रेष्ठ, सेकेन्ड भि.पिमा रञ्जु सुवेदी, टे्रजेररमा लीला कुमार श्रेष्ठ, सेक्रेटरीमा शम्भु दाहाल रहेका छन् । कार्यक्रममा लायन्स ३२५ सिको जिल्ला प्रमुख नगेन्द्र प्रसाद दाहाल, सुन्दरहरैँचा उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण प्रसाद रिजाल, लायन्स ३२५ सिको रिजन चियर पर्सन रोहित कुमार शाह लगायतको उपस्थिति रहेको थियो ।