बेलबारी । धन दिवसको अवसरमा बेलबारीमा कला, संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यमा असार १५ विशेष कार्यक्रम सम्पन्न भएको छ । बेलबारी जेसिज, बेलबारी लायन्स क्लब र जुनेली नामक एक सांस्कृतिक समूहको संयुक्त आयोजनामा वडा नं.३ मा ‘असार १५ विशेष कार्यक्रम’ सम्पन्न भएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले हलो जोतेर र धान रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख नितु थापा, बेलबारी ३ का वडा अध्यक्ष योगेन्द्र सुवेदी, राजनीतिकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि साथै स्थानीयहरूको उपस्थिति रहेको थियो ।
उपस्थित सबैले धान रोपेका थिए भने, जुनेली नामक सांस्कृतिक समूहको सांस्कृतिक प्रस्तुतिमा सबै रमाएका थिए ।