बेलबारीमा अखिल नेपाल महिला संघले धान दिवस मनाए (फोटो फिचर)


बेलबारी । बेलबारीमा अखिल नेपाल महिला संघले धान दिवस मनाएको छ । बेलबारी वडा नं.२ मा अखिल नेपाल महिला संघ, बेलबारी नगर समितिको आयोजनामा धान रोपाइँ कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा संविधान सभा सदस्य मधु गुरुङ, बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, बेलबारी वडा नं.३ का वडाध्यक्ष योगेन्द्र सुवेदी लगायत स्थानीय महिला दिदीबहिनीहरूको उल्लेख्य रूपमा उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले धान रोप्नुको साथै आयोजकले परम्परागत खानाका परिकार खुवाएका थिए ।

कार्यक्रम अखिल नेपाल महिला संघ, बेलबारी नगर समितिका अध्यक्ष बिन्दु गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्