बेलबारी । बेलबारीमा गृल, स्टिल एण्ड आल्मोनियम उद्योग व्यवसायी संघ बेलबारीको कार्यालय उद्घाटन भएको छ । बेलबारी नगरपालिका वडा नं.१ का अध्यक्ष मणि मगरद्वारा कार्यालयको औपचारिक उद्घाटन भएको हो ।
वडाध्यक्ष मगरले शुभकामना प्रदान गर्दै बेलबारीमा गृल, स्टिल, आल्मोनियम उद्योग व्यवसायीको विकासको लागि सधैँ वडा कार्यालयको सहयोग रहने बताएका छन् । गृल, स्टिल एण्ड आल्मोनियम उद्योग व्यवसायी संघ बेलबारी इकाईमा ३९ वटा गृल, स्टिल, आल्मोनियम उद्योगको दर्ता रहेको अध्यक्ष हर्क माझीले जनाएका छन् ।
कार्यक्रममा सदस्यता प्रमाण पत्र पनि वितरण गरिएको थियो ।