बेलबारी । बेलबारी नगरपालिका वडा नं.९ मा रहेको काली माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीहरूले पङ्खा वितरण गरेका छन् । हाल युकेमा बसोबास गरिरहेका काली माविका पूर्व विद्यार्थीहरू विमला राई , शर्मिला राई र महेन्द्र राईले ४० थान पङ्खा सहयोग गरेका हुन ।
विद्यालयको स्तरोन्नतिको लागि सधैँ सहयोग रही रहने राईका परिवारले बताएका छन् । विद्यार्थीलाई बढ्दो गर्मीले पढ्न कठिन भइरहेको बेला पङ्खा सहयोग हुने राहत हुने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र खड्काले सहयोग दातालाई धन्यवाद प्रदान गर्दै विद्यालयको विकास तथा शैक्षिक गुणस्तर प्रदान गर्न समिति, शिक्षकसँगै अभिभावक र पूर्व विद्यार्थी सबैको सहयोगको आग्रह गरेका छन् ।
उक्त हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष शालिग्राम बस्नेत, समाजसेवी गणेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।