बसको ठक्करबाट स्कुटर चालक एक पुरुषको मृत्यु : स्थानीयद्वारा बसमा आगजनी


उर्लाबारी । मोरङको उर्लाबारीमा स्थानीयले यात्रु वाहक बसमा आगजनी गरेका छन् । मे १ ख ३०७३ नम्बरको यात्रु वाहक बसमा आगजनी भएको हो ।

प्र १–०१– ०१३ प २९० नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको भन्दै स्थानीयले बसमा आगजनी गरेका हुन् । प्रहरीका अनुसार मङ्गलवारे सडक खण्ड नजिक पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको स्कुटरलाई बसले ठक्कर दिएको थियो ।

स्कुटरमा सवार नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । कनकाई नगरपालिका ३ निवासी बस चालक ३२ वर्षीय टंक प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव मदन भण्डारी ट्रमा सेन्टर मङ्गलवारे राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्