बेलबारीमा “प्रथम सुरज राई स्मृति रिकभरिङ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०८०” हुने


बेलबारी । बेलबारीमा “प्रथम सुरज राई स्मृति रिकभरिङ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०८०” हुने भएको छ । यही ज्येष्ठ २५ गते देखी २७ गते सम्म रिकभरिङ बेलबारी र बेलबारी प्लसको संयुक्त आयोजनामा प्रतियोगिता हुन गइरहेको हो ।

आयोजकका अनुसार प्रतियोगितामा भारतको एक फुटबल टिम र नेपालको ९ फुटबल टिमको सहभागिता रहने छ । भारतबाट रिकभरिङ सिलगुडी फुटबल टिमको सहभागी हुने निश्चित भएको छ । नेपालका इटहरी, पथरी, विराटनगर, धरान, दमक, इनरुवा, बुट्टाबरी र आयोजकको २ फुटबल टिम गरेर ९ टिमको सहभागिता रहने छ ।

शुक्रवार हुने उद्घाटन खेल आयोजक टिम (रातो) र इटहरी बिच प्रतिस्पर्धा हुने रिकभरिङ बेलबारीका अध्यक्ष रुपेश खनालले जनाएका छन् । खनालका अनुसार विजेता टिमले रु.५१ हजार र उपविजेताले रु.३१ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । विधागत भने सर्वाधिक गोलकर्ता, मेन अफ दि सिरिज, वेस्ट मीड फिलडर, वेस्ट डिफेन्डर, उत्कृष्ट गोल किपर, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कार रु.३ हजार प्रदान गर्ने खनालले जनाएका छन् । प्रत्येक खेलमा मेन अफ दि म्याच घोषित खेलाडीले भने रु.११ सय प्राप्त गर्ने छन् ।

बेलबारी प्लसका संस्थापक अध्यक्ष सुरज राई २०५७ साल असोज २४ गते स्वर्गारोहण भएका थिए । स्व. राईले बेलबारीमा दुर्व्यसन नियन्त्रण तथा सुधारको लागि अतुलनीय योगदान दिएका बताउँदै सम्मान व्यक्त गरेका छन् । गुरुङ भन्छन्, ‘दाइ प्रति सधैँ सम्मान छ, सुरज दाइ बितेर गए पनि हाम्रो मन मस्तिष्कमा सधैँ रहने छ ।’

बेलबारी प्लसका कार्याक्रम संयोजकले लागु औषध दुर्बेशनमा फस्न नदिन र फसेकाहरूलाई सुधार गर्न रिकभरिङ बेलबारी र बेलबारी प्लसको प्रमुख उद्देश्य रहेको बताए । यही उद्देश्यमा निरन्तर दुवै संस्था बेलबारीमा रहेर निरन्तर काम गरिरहेको श्रेष्ठ बताउँछन् । कार्यक्रमबाट भएको आर्थिक मुनाफाले विपन्न परिवारका दुर्बेशनमा फसेका युवाहरूलाई निःशुल्क पुनर्स्थापना केन्द्रमा राखेर सुधार गर्ने र लागु औषध तथा दुर्व्यसन विरुद्ध जनचेतना कार्यक्रम गर्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्