बेलबारी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिद्वारा शपथग्रहण


बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूले शपथग्रहण गरेका छन् । बुधवार बेलबारी नगरपालिका वडा नं.१ म रहेको बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा शपथग्रहण कार्यक्रम भएको हो ।

निर्वाचन समितिका संयोजक रमेश निरौलाले पद तथा गोपनीयताको शपथग्रहण गराए । जेठ २० गते सम्पन्न निर्वाचनमा भेषकुमार श्रेष्ठ (अशोक) को प्रतिस्पर्धा माधव थापासँग रहेको थियो । भेषकुमार श्रेष्ठ (अशोक) को नेतृत्वको प्यानलबाट एक जना बाहेक सबै निर्वाचित भएका छन् ।

सबै निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूलाई शपथग्रहणसँगै प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलीपप्रसाद राई, उपप्रमुख नितु थापा, नेकपा एमाले पार्टी बेलबारी नगरपालिकाका अध्यक्ष ईरान राई, नेपाली काँग्रेस बेलबारी नगर समितिका सभापति छत्र लिम्बु, माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष पर्शुराम सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्