आलम प्रकरणका साक्षीले फेरे बयान


रौतहट, २५ कात्तिक। जिल्ला अदालत रौतहटमा रहेको बम विस्फोट प्रकरणको सरकारी साक्षीले बयान फेरेका छन् ।

बम विस्फोट प्रकरणमा नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलम लाई २०६४ सालमा आलम विरुद्ध घाइतेले प्रहरीसमक्ष बयान दिएका थिए । सोमवार भारतीय नागरिकले बम विस्फोटमा नभई भान्सामा काम गरी रहेको अवस्थामा घाइते भएको भन्दै जिल्ला अदालतमा इजलासमा निवेदन दिएका छन् ।

भारतीय नागरिक गौरीशङ्कर राम चमार आलम पक्षका वकिलसँग अदालतमा उपस्थित भई आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको बताए । प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबरजस्ती बयान लिएका थिए भन्दै अस्पतालको कागजपत्र पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्