भारतीय नक्साको विषयलाई अन्तराष्ट्रियकरण नबनौँ प्रचण्डको मत


काठमाडौँ, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतीय नक्सा विवाद बारे सांसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उच्चस्तरीय राजनीतिक तथा कूटनीति पहल मार्फत समाधान गर्न बताएका छन् ।

सार्वजनिक भएको भारतको नयाँ नक्सामा नेपाली भूभाग राखिएपछि अध्यक्ष दाहालले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

अध्यक्ष दाहलले उत्तेजना वा भ्रममा महाकालीको सीमा विवाद समाधान नहुने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘महाकाली नदी सिमाना हो भन्दै, उनले प्राप्त प्रमाणहरू सङ्कलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए ।’

कालापानी र सुस्ता सीमामा समस्या छ भनेर दुवै देशले स्वीकार गरेका छन् अध्यक्ष प्रचण्डले भने । ‘हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौँ, अरूको एक इन्च जमिन पनि चाहिएन’ , उनले भने, यस कुरालाई अगाडी बढाउने हो ।

अन्तर्राष्ट्रिय समितिले सरकारले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्नु पर्ने तर कुरा नमिले अन्तराष्ट्रियकरण गर्न नहतारिन अध्यक्ष प्रचण्डले मत प्रकट गरेका छन् । भारत तथा नेपालका उच्चस्तरीय वार्ता नभए त्यस बेला सोच्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्