स्विजरल्याण्ड पटाउँछु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ


काठमाडौं । प्रहरीले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थायी घर भई हाल बाँकेको कोहलपुर नगरपालिका–११, दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापा रहेकी छन् ।

पार्वती समेतले तुलाराम तारम मगरबाट वैदेशिक रोजगारीको लागि स्विजरल्याण्ड जान पटकपटक गरी सात लाख बिस हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी थिइन् । उनलाई मीनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाडौं–२६, गोंगबुबाट पक्राउ गरिएको हो । पक्राउ परेका महिलालाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्