मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगद्वारा पीडितहरूलाई निवेदन दिन आह्वान


काठमाडौं । मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई निवेदन दिन आह्वान गरेको छ । आज (बिहीबार) आयोगले उपलब्ध नभएसम्मका सम्पूर्ण प्रमाणसहित निवेदन दिन आग्रह गरेको हो ।

निवेदन अनलाइनबाट पनि दिन सकिने तथा सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगले पीडितहरूलाई वैशाख १७ देखि ३१ गते (१५ दिन) भित्र दिइसक्न आग्रह गरेको छ ।

आयोगका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ । आयोगले वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय सञ्चालनमा ल्याउँदै छ । सरकारले गत चैत २० गने तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्