सामुदायिक बन बेलबारी नगर उपभोक्ता महासंघको अध्यक्षमा लीलाप्रसाद आचार्य


बेलबारी । सामुदायिक बन बेलबारी नगर उपभोक्ता महासंघको अध्यक्षमा लीलाप्रसाद आचार्य निर्वाचित भएका छन् । बेलबारीको पर्यटकीय स्थल बेतना सिमसारको सभाहलमा आज (शनिवार) सम्पन्न महासंघको दोस्रो अधिवेशनद्वारा आचार्य अध्यक्ष भएका हुन ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । आचार्यको अध्यक्षतामा १४ सदस्यको कमिटी बनेको छ । जसमा ३ जनाको लेखा समिति र ३ जनाको अनुगमन समिति गठन भएको छ ।

नवनिर्वाचित अध्यक्ष आचार्यका अनुसार जिल्लामा ३ महिला सहित ६ जना र प्रदेशमा ३ महिलासहित ६ जना प्रतिनिधि पठाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्