मोरङ । पत्रकार कल्याण कोष मोरङले यस वर्षको सृजनशील र उदीयमान पत्रकारिता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ । हरेक दुई वर्षमा प्रदान गरिँदै आएको सृजनशील पत्रकारिता पुरस्कार उद्घोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाई प्रदान गर्ने निर्णय भएको जनाइको छ।
सो पुरस्कारको राशि ५१ हजार १ सय ५१ रुपैयाँ रहेको कोषका अध्यक्ष प्रल्हादप्रसाद शाहले जानकारी दिए । यसै गरी हरेक वर्ष प्रदान गरिँदै आएको उदीयमान पत्रकारिता पुरस्कार मकालु टेलिभिजनकी सम्वाददाता उषा सरदार लाई दिने निर्णय भएको छ । सो पुरस्कारको राशि ३१ हजार १ सय ५१ रुपैयाँ रहेको छ । दुवै पुरस्कार चैत्र २७ गते सोमवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने कोषले जनाएको छ ।
पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रहलाद शाहको अध्यक्षतामा बसेको बैठकले सृजनशील पत्रकारिता र उदीयमान पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको छनौट गरेको हो ।