५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको विजेता बेलबारी वडा नं.१


बेलबारी । बेलबारी नगरपालिका वडा नं.४ को बेतना खेलमैदानमा भएको ५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी १ फुटबल टिमले चुमेको छ । शनिवार सम्पन्न फाइनल खेलमा वडा नं.१ ले ४ लाई ट्राईब्रेक्ररमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।

पहिलो हाल्फ दुवै टिमबाट खोल हुन सकेन । तर वडा नं.४ लाई १ ले दबाबमा राखेको थियो । दबाबका बाबजुद पनि दोस्रो हाल्फको २७ मिनेटमा वडा नं.४ का खेलाडी मिलन राई गोल गरेका थिए । मिलनले गरेको गोलसँगै वडा नं.१ उल्टो दबाबमा आएको थियो । तर वडा नं.१ ले ४ मिनेटको फरकमा एक गोल फर्काए । वडा नं.१ का खेलाडी मनिस धिमालले गोल गर्दै निर्धारित समयको खेल बराबरीमा टुङ्गिए पछि ट्राईब्रेक्ररले विजेता र उपविजेता निर्णय गरेको हो ।

विजेता बेलबारी १ ले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.१ लाख १ हजार, र उपविजेता वडा नं.४ ले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.५१ हजार प्राप्त गरेको छ । खेलको मेन अफ द म्याच वडा नं.१ का खेलाडी मौसम लिम्बु घोषित भए । वेस्ट गोल किपर पनि लिम्बु नै भएका छन् ।

वेस्ट डिफेन्डर मनिस धिमाल, उत्कृष्ट खेलाडी डेबिट मगर, सर्वाधिक गोल कर्ता वडा नम्बर एकै डेबिट मगर र आनन राई घोषित भएका छन् । वडा नं.४ का खेलाडी गन्धमन राई वेस्ट मिडफिल्ड, विशाल थारु वेस्ट फरवार्ड र वडा नं.३ का खेलाडी १२ वर्षका दीपक राई उदयमान खेलाडी घोषित भएका छन् । उत्कृष्ट प्रशिक्षकमा वडा नं.१ का अध्यक्ष मणि मगर घोषित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्