आज फाइनलमा बेलबारी वडा नं.१ र ४ भिड्दै


बेलबारी । बेलबारीमा जारी ५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नं.१ र ४ भिड्ने छ । आज शनिवार बेलबारी वडा नं.४ को बेतना खेल मैदानमा वडा नं.१ र ४ बिच प्रतियोगिताको फाइनल खेल हुँदै छ ।

बेलबारी वडा नं.४ ले २ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । बुधवार सम्पन्न पहिलो सेमिफाइनलमा वडा नं.४ ले २ लाई ट्राईब्रेक्ररमा ३–१ गोलको अन्तरले हराएको हो । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा बेलबारी १ ले ३ लाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेताले रु.१ लाख १ हजार र उपविजेताले रु.५१ हजार प्राप्त गर्ने नगर खेलकुद समितिका अध्यक्ष विक्रम राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्