काठमाडौं । नेपाल एक दिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट लिइँदा नतिजा ९ रनले नेपालको पक्षमा आएको हो। नेपालले पहिलो पटक ओडिआइ ग्लोबल क्वालिफायर खेल्न लागेको हो। योसँगै नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा हुने एक दिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाएको छ ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । ब्याड लाइटको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो ।
नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे । दीपेन्द्र १० रनमा अविजित रहे । गुलशनले ४२ औँ ओभरमा गुलशन झाले मोहम्मद वासिमलाई तीन चौका र एक छक्का हान्दै कुल २० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो । नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीम तीव्र गतिका बलर जुनैद सिद्दिकको ३१ औँ ओभरको अन्तिम बलमा भीम सार्की एलबीडब्लू आउट भए ।
पाँचौँ विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।
कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए । कुशल तीव्र गतिका बलर जुनैद सिद्दिकको १७ औँ ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर अश्वन्त वल्थापाबाट सहज क्याच आउट भए । कुशलको यो ओडिआई करिअरको पाँचौँ अर्धशतक हो । भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।
आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए । आरिफ जहुर खानको ४० औँ ओभरको पहिलो बलमा वृत्य अरविन्दबाट लङअनमा क्याच आउट भएका थिए । युएईका जुनैद्ध सिद्दिकले सर्वाधिक तीन विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध टियु मैदानमै ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो ।
युएईका आसिफ खानले ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक अविजित शतकीय इनिङ खेले । आसिफ खानले ४१ बलमा शतक पूरा गरेका थिए । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । वृत्य सोमपाल कामीको अन्तिम बलमा वृत्य काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच भएपछि शतक बनाउन चुकेका थिए । छैटौँ विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।
४४ ओभरमा युएई २०८९५ को अवस्थामा थियो । अन्तिम ३६ बलमा १ सय २ रनको विष्फोटक साझेदारी गरे । स्पिनर सन्दीप लामिछानेले १७ औँ ओभरको दोस्रो बलमा बासिमलाई ६३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि कप्तान मोहम्मद वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । २३ औँ ओभरको अन्तिम बलमा सिपी रिजवान आफ्नै गल्तीको कारण ७ रनमा रन आउट भए । दीपेन्द्रको २७ औँ ओभरको पहिलो बलमा ठुलो सट खेलेका आयन खान चोभार एण्डको लङअनमा गुलशन झाबाट क्याच आउट भए । दीपेन्द्रसिंह ऐरीले रोहन मुस्तफालाई २० रनमा एलबीडब्लू आउट गरे । मुस्तफाले ३२ बलमा ३ चौका प्रहार गरे ।
नेपालका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ७४ रन खर्चेर १ विकेट लिए ।