सुन्दरहरैँचा खुल्ला नकआउट वडास्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं.५ र १२ विजयी


सुन्दरहरैँचा । सुन्दरहरैँचा खुल्ला नकआउट वडास्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं.५ र १२ विजयी भएको छ । उद्घाटनको दिन भएको दुई खेलमा ५ र १२ नं.वडा दोस्रो चरणमा प्रवेश गरेको छ ।

उद्घाटनको दिन दुई खेल भएको थियो । वडा नं.११ को टिमसँग भएको पहिलो खेलमा निर्धारित समयसम्म गोल हुन नसके पछि टाई–ब्रेकरमा ६–५ गोल अन्तरले १२ नं. वडा विजयी भएको हो । १० र ५ नं. वडा बिचको खेल पनि टाई–ब्रेकरबाटै टुङ्गो लागेको हो । ४–२ गोल अन्तरले वडा नं.५ विजयी भएको हो । दैनिक दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा वडा नं.१२ का किपर सागर तामाङ र दोस्रो खेलमा वडा नं.५ का सुरेन राई मने अफ दी म्याच घोषित भए ।

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार गुरागाईँले रेफरीलाई फुटबल हस्तान्तरण गरेर खेलको औपचारिक रूपमा उद्घाटन गरेका थिए । नगर प्रमुख गुरागाईँले शुभकामना व्यक्त गर्दै चाडै खेलकुद विकास समिति गठन गर्ने बताएका छन् । विगतको नेतृत्वले नगर खेलकुद विकास समिति गठन गर्न नसक्दा खेलकुद क्षेत्रको विकासमा अवरोध भएको बताए । कार्यक्रममा पूर्व राज्य मन्त्री राजकुमार ओझा, उपप्रमुख अकली चौधरी, वडा नं.१२ का वडा अध्यक्ष रोशन ढकाल लगायतको उपस्थिति रहेको थियो । भोलि पहिलो खेल वडा नं.४ र ९ बिच हुने छ । दोस्रो खेल भने वडा नं.३ र ८ बिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्