शहीदहरूको सम्झनामा बेलबारी जेसिसद्वारा दीप प्रज्वलन तथा झन्डोत्तोलन


बेलबारी, १६ माघ । बेलबारी जेसिसले अमर शहीदहरूको सम्झनामा दीप प्रज्वलन तथा झन्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापा, पूर्व अध्यक्ष राजन प्रसाईँ, बेलबारी नगरपालिकाका वडा सदस्यहरू माधव निरौला, मञ्जु रिजाल र दीपेन्द्र लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

बेलबारी जेसिस वर्ष २०२० मा बेलबारी नगरपालिका वडा नं –२, लालभित्तीमा जेसिस स्तम्भ निर्माण गरिएको थियो । शहीद दिवसको दिन पारेर बेलबारी जेसिसले स्तम्भको सरसफाइ तथा झन्डा फेर्ने काम गरेको कार्यक्रम संयोजक विकास बुढाथोकी बताउँछन् । संस्थाका अध्यक्ष विपिन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने महासचिव पुष्कल सुवेदी सियोमको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्