केराबारीका अध्यक्ष सुमनद्वारा स्व.आचार्यको परिवारलाई आर्थिक सहयोग साथै अपिल


मोरङ । संघिय संसद् भवन अगाडी मङ्गलवार काठमाडौँको बानेश्वरमा आत्मदाह गरेका स्व.प्रेमप्रसाद आचार्यको परिवारलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले आर्थिक सहयोग गरेका छन् । मिरिङ्गचिङ्गले रु.५ हजार फोन पे मार्फत आचार्यकी पत्नीको खातामा सहयोग रकम जम्मा गरेका हुन ।

फेसबुकमा आचार्यको आत्मवृत्तान्तसहितको सुसाइड नोट पढे पछि परिवारलाई सहयोग होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको मिरिङ्गचिङ्गले बताएका छन् । मिरिङ्गचिङ्गले फेसबुक मार्फत सबैले सहयोग गर्न पनि आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,“हार्दिक श्रद्धाञ्जली प्रेम आचार्य जी,मृत्यु पूर्व तपाईँले स्टाटस मार्फत गर्नुभएको आग्रह बमोजिम रु.पाँच हजार (५०००) तपाइको परिवारको नाममा जम्मा गरेको छु, सबैले सकेको सहयोग गरेर वहाँको परिवारको जीवन रक्षा गरौँ” ।

शरीरमा आगो लगाउनु अघि आचार्यले जीवन भोगाइका लामो आत्मालाप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । उनले सफलताका लागि अनेक प्रयास गर्दा पनि हारेको गुनासो गरेका थिए । उनी पछिल्लो समय इलामबाट चिया, छुर्पी, घ्युलगायतका उत्पादन काठमाडौं ल्याएर विक्री गर्ने काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्