प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् गठन : बिनाविभागीय ३ मन्त्री नियुक्त 


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । एमाले, राप्रपा र जसपाबाट एक÷एक जनालाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बू मन्त्रीमा नियुक्त भएको हुन । मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट र सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने लिम्बु जसपाकी समानुपातिक संसद हुन् ।

नेकपा माओवादी केन्द्रका नेताहरूद्वारा भने तत्काल सरकारमा सहभागी नहुन बताएका छन् । प्रदेश–१ को सरकार पाँच वर्ष नै एमालेले चलाउने केन्द्रीय निर्णयप्रति असहमति जनाउँदै, अपमान हुने गरी निर्णय गरेको भन्दै नसच्चाएसम्म माओवादी केन्द्र सरकारमा सहभागी नहुने भएका हुन ।

प्रतिक्रिया दिनुहोस्