बेलवारीमा अन्तिराष्ट्रिय स्तरको कराते प्रतियोगिता हुँदै : ८ देशको सहभागिता हुने


बेलवारी, २२ कात्तिक / बेलवारी नगरपालिकामा बेलवारी सितोरियो कराते संघको आयोजनामा नोबेल अन्तिराष्ट्रिय कराते प्रतियोगिता २०१९ हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएका हुन ।

नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, इरान, मलेसिया र बङ्लादेश गरी आठ देशको सहभागिता रहने छ । खेलमा करिब छ सय खेलाडीहरूको सहभागिता रहने छ ।

नेपालमा कराते खेलको विकासको लागि र बेलबारीको पहिचानलाई अन्तिराष्ट्रिय स्तरमा पुराउने उद्देश्यको साथ बेलबारीमा प्रतियोगिता गर्न लागेको संघका सदस्य सचिव कुन्ती गुरुङले जनाएकी छन् । यस कार्यक्रमले पर्यटकीय विकासमा पनि सहयोग पुग्ने सदस्य सचिव गुरुङ बताइउछिन ।

खेल बेलवारी–१ स्थित नेपाल बुद्धिष्ट गुम्बामा मङ्सिर ६, ७ र ८ गते सम्म हुनेछ । प्रतियोगितामा पुरुषतर्फ कुमितेमा ३० गोल्डमेडल, ३० सिल्भरमेडल र ६० ब्रोन्जमेडलको लागि २५ देखी ६७ केजी सम्मका खेलाडी भिड्ने छन् भने महिला तर्फ २७ गोल्डमेडल, २७ सिल्भरमेडल र ५४ ब्रोन्जमेडलको लागि २५ देखी प्लस ६१ केजी सम्मका खेलाडी भिड्ने आयोजकले जनाएका छन् ।

साथै कातामा महिलातर्फ ८ गोल्डमेडल, ८ सिल्भरमेडल र १६ ब्रोन्जमेडलको लागि प्रतिस्पर्धा हुने छ भने सिनियर र जुनियर पुरुषतर्फ ८ गोल्डमेडल, ८ सिल्भरमेडल र १६ ब्रोन्जमेडलको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद पुरस्कार रु.१ एक लाख, दोस्राले रु.७५ हजार र तेस्रोले रु.५० हजार प्राप्त गर्ने सङ्घका अध्यक्ष सञ्जय सुबेदीले जनाएका छन् । कार्यक्रमको मुख्य प्रायोजक नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर रेहेको सुबेदीले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्