बेलबारीमा दस दिवसीय आमश उपचार शिविर कार्यक्रम सम्पन्न


मोरङ । बेलबारीमा दस दिवसीय आमश उपचार शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधवार बेलबारी नगरपालिका वडा नं.११ मा रहेको हेवेन्ली पाथ नेपाल मोरङ जिल्ला शाखाको धार्मिक बनमा निःशुल्क उपचार शिविर सम्पन्न भएको हो ।

हेवेन्ली पाथ नेपाल मोरङ जिल्ला शाखाको आयोजनामा भएको निःशुल्क आमश उपचार शिविर कार्यक्रममा ४ हजार ३ सय ९५ जनाले उपचार लिएको अध्यक्ष धनकुमार राईले बताएका छन् । राईका अनुसार बढी नसा सम्बन्धी समस्या भएका बिरामीहरू उपचारको लागि आएका थिए ।

गड एन्जलद्वारा परिचित हेवेन्ली पाथ नेपालका प्रमुख गुरुद्वारा प्रवचन भएको थियो । साथै उपस्थित अतिथिहरू तथा भक्तजनहरूसँग दर्शन भेट भएको थियो । कार्यक्रममा हेवेन्ली पाथ नियम अनुसार अभिसेक गर्ने कार्य पनि भएको थियो ।

हेवेन्ली पाथ नेपालका महासचिव यादव राईले आमशले शारीरिक अस्वस्थताको उपचार मात्र नभएर आत्मा र मनको पनि हुने बताए । उनले प्रेमवाद दर्शनको बारे पनि जानकारी प्रदान गरेका थिए । कार्यक्रममा प्रदेश नं.१ का सांसद ज्ञानेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, नेकपा एमाले बेलबारीका नगर अध्यक्ष ईरान राई, बेलबारी वडा नं.११ का अध्यक्ष विक्रम राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम हेवेन्ली पाथ नेपाल मोरङ जिल्ला शाखाका अध्यक्ष धनकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्