नागरिकता विवादबारे भइरहेको अनुसन्धानमा दबाब नदिने : गृहमन्त्री रवि लामिछाने


काठमाडौं । नव नियुक्त गृहमन्त्री रवि लामिछानेले नागरिकता विवादबारे भइरहेको अनुसन्धानमा सघाउने बताएका छन् । गृहमन्त्री बनेपछि पदभार ग्रहणका क्रममा लामिछानेले आफ्नो नागरिकताबारे भइरहेको अनुसन्धानमा कसैलाई दबाब नदिने स्पष्ट पारेका हुन् ।

लामिछानेले भने, ‘म मन्त्री भए पनि मेरो अनुसन्धानमा निष्पक्ष सहयोग गर्छु । कुनै पनि कर्मचारीलाई दबाब दिने छैन’ लामिछानेले भने, ‘स्वतन्त्र रूपमा कार्य सम्पादन गर्नेछु । हरेक काम कारबाहीमा स्वतन्त्र ढङ्गले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन ।’

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेस गरेर नेपाली राहदानी बनाएको आरोप लामिछानेमाथि लागेको छ । उनीमाथि अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ । यस्तै लामिछानेले निर्मला पन्तको न्यायका लागि पहल गर्ने बताए । उनले क्याबिनेटभित्र प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्