केराबारी गाउँपालिकाले घरैमा असक्त तथा अपाङ्गता भएकाहरूलाई नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने


केराबारी, १७ मंसिर । केराबारी गाउँपालिकामा जेष्ठ नागरिक, अति असक्त तथा अपाङ्गता भएकाहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । केराबारी भित्र बसोबास गर्ने नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम गाउँपालिकाले सुरु गर्न लागेको हो ।

जेष्ठ नागरिक, अति असक्त तथा अपाङ्गता भएकाहरूका घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाले जनाएको छ । यही मंसिर १९ गते देखी सुरु गर्ने केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्दर्शन दहालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्