मोरङ, १० मंसिर । मोरङको क्षेत्र नं.३ (२) प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । सुवेदीले प्रमुख प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का लक्ष्मी कुमार श्रेष्ठलाई २ हजार ७० को मतान्तरले पराजित गरेका हुन ।
सुवेदीले १७ हजार ४ सय २४ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १५ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् । राप्रपाका रमेश रिजाललाई १० हजार १ सय २६ मत खसेको छ ।
मोरङको क्षेत्र नं.३ (२) को जम्मा ७४ हजार ४ सय ४० मतमा ४९ हजार ७ सय ४१ मत खसेको थियो । ४७ हजार ८ सय ६५ मत सदर र १ हजार ८ सय ७६ मत बदर भएको छ ।