महराले पार्टीको नेताहरूलाई ढाँटेर गम्भीर गल्ती गरे : प्रचण्ड


काठमाडौँ, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख कृष्णबहादुर महराले पार्टीको नेताहरूलाई ढाँटेर गम्भीर गल्ती गरेको बताएका छन् ।

सत्ताररूढ नेकपाका अध्यक्ष प्रचण्डले बुधवार दाङमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा महराबाट नैतिक कमजोरी भएका बताउँदै, नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरेको बताएका हुन ।

अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा र आफू स्वयम् पनि बुझ्न जाँदा महराले ढाँटेको बताए । अहिले पूर्वसभामुख महरा संसद् सचिवालयकै एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।

अध्यक्ष प्रचण्डले महराको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने विश्वास रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्