मोरङको क्षेत्र नं.३ (१) प्रदेशसभा सदस्यमा मानबहादुर लिम्बु निर्वाचित


मोरङ, १० मंसिर । मोरङको क्षेत्र नं.३ (१) प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । लिम्बुले प्रमुख प्रतिस्पर्धी नेकपा एकालेका दिलीप कुमार राईलाई ४ हजार ९ सय ३२ मतान्तरले पछि पार्दै विजयी भएका हुन ।

मोरङको क्षेत्र नं.३ निर्वाचन अधिकृतको कार्यालयको अनुसार लिम्बुले १९ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् भने राईले १४ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थ बहादुर गुरुङ तेस्रो स्थानमा छन् । गुरुङले ७ हजार १ सय ९० मत प्राप्त गरे ।

मोरङको क्षेत्र नं.३ (१) को जम्मा ७५ हजार ३ सय ९३ मतमा ४७ हजार ३ सय ५० मत खसेको थियो । ४५ हजार ५ सय ८७ सदर र १ हजार ७ सय ६३ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्