मोरङको क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा शर्मा फराकिलो मतान्तरले विजयी


मोरङ, १० मंसिर । मोरङको क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार डा.सुनिल शर्मा, विजयी भएका छन् । प्रमुख प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै शर्मा विजयी भएका छन् ।

शर्माले प्रमुख प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतको अन्तरले पराजित गरेका हुन । शर्मालाई चुनाव चिन्न रुखमा ४८ हजार ६ सय ३१ मत खसेको छ भने ढकाललाई चुनाव चिन्न सूर्यमा २५ हजार ८ सय ९५ मत खसेको मोरङ क्षेत्र नं.३ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रेखा थापाले चुनाव चिन्न हलोमा १० हजार ९ सय ९८ मत प्राप्त गरेकी छिन । रेखा शर्मा भन्दा ३४ हजार ६ सय ३३ मतान्तरले पछि भइन । १ लाख ४९ हजार ८३३ मतदाता संख्यामा प्रतिनिधिसभा सदस्यको लागि ९८ हजार १२६ मत खसेको थियो । ९२ हजार २०२ मत सदर भयो भने ४ हजार ९ सय २४ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्