काठमाडौँ, १९ कात्तिक । भारतको नयाँ नक्सामा नेपालको भूभाग परेको देखिएको छ । भारत सरकारले जारी गरेको नक्सामा नेपालले आफ्नो भूभाग भनेर दाबी गर्दै आएको लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ राखिएको देखिएको छ ।
सो विषयमा मङ्गलवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि चर्चा भएको छ । यस विषयमा जो कोही सरोकारवालाहरूको चासो बनेको छ ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नक्सासमेत समावेश गरिएको छ भने नेपाल–चीन सिमाना समेत कोर्ने प्रयास गरिएको छ ।
नक्सामा पाकिस्तानलाई पनि समेटिएको हुँदा पाकिस्तानी सरकारले यसलाई खारेज गरिएको घोषणा गरिसकेको छ । भारत सरकारले जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि नयाँ नक्सा जारी गरेको हो ।