तिन दिनदेखि हराइरहेका लालभित्तीका बालक भेटिए


बेलबारी, १ मोरङ। तिन दिनदेखि हराइरहेका बेलबारीका बालक फेला परेका छन् । बेलबारी २, लालभित्तीका देवेन्द्र कार्की र दुर्गा कार्कीका जेष्ठ सुपुत्र वर्ष १५ का डेविड कार्की इटहरीबाट फेला परेको उनको परिवारले जनाएको छ ।

उनी मङ्सिर १ गते साँझ सात बजे इटहरीको एउटा होटेलको बाहिर बसी रहेको अवस्थामा फेला परेका थिए । डेविडले होटेलवालाकै फोनबाट आमालाई फोन गरेर मलाई लिन आउनु भनेर फोन गरेका थिए । ‘बाबु भेटिएकोमा हामी खुसी छौँ तर केही शङ्कास्पद कुरा बाहिर आएका छन् अनुसन्धान पछि तथ्य बाहिर आउनेमा हामी ढुक्क छौँ ‘ डेविडका पिता देवेन्द्र कार्कीले भने ।

डेविड २९ गते साँझ ८-९ बजेको बिचमा हराएका थिए । परिवारले बालक हराएपछि हुलियासहित इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका थिए । बालकलाई कसैले फकाएर लगेको आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्