लिटल कोशीको उपाधि आस्था र कृशलाई (फोटो फिचर)


विराटनगर, १९ कार्तिक / इनरुवाकी १२ वर्षीय आस्था राजभण्डारी र धनकुटाका १४ वर्षीय कृश चेम्जुङ्गले मिस्टर एण्ड मिस लिटल कोसी २०१९ को उपाधि जितेका छन् । आस्थाले मिस र कृशले मिस्टरतर्फको विजेता घोषित भएका हुन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न भएको मिसतर्फको फस्ट रनरअप विराटनगरकी ७ वर्षीय अग्रिम खतिवडा तथा सेकेन्ड रनरअप इनरुवाकी १३ वर्षीय सृष्टि श्रेष्ठ घोषित भइन् । प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ इनरुवाकी १५ वर्षीय एलिना गुरुङ तथा सर्वोत्कृष्ट पनि इनरुवाकै स्मृति विश्वकर्मा घोषित भइन् । विजेताले जनही नगद ३० हजार रुपैयाँ साथै आकर्षक ट्रफि प्राप्त गरेका थिए ।

मिस्टरतर्फको फस्ट रनरअप इनरुवाका १३ वर्षीय आर्यन कर्ण र सेकेन्ड रनरअप इनरुवाकै १४ वर्षीय समय सुब्बा भए । स्कुले विद्यार्थीहरूको प्रतिभा उजार गर्नुको साथै व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा २९ जना प्रतियोगीहरू पुगेको जय मिडिया म्यानेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकहरूमा अभिनेता सलोन बस्नेत, मिस कोशीको विजेता रेखा कार्की, मिसेस कोशीको विजेता रेनुका लिम्बु र व्यवसायी रोशन घिमिरे रहेका थिए । नेपाली काँग्रेसका सचेतक केदार कार्कीको प्रमुख अतिथिमा उक्त कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्