बेलबारी प्रज्ञा-प्रतिष्ठानद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न


बेलबारी, ५ असोज । बेलबारी प्रज्ञा-प्रतिष्ठानद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार नेपालीहरूको आउँदै गरेको पर्वहरू तिहार, न्हु दया, छठ, उँधौली तथा लक्ष्मी जयन्तीको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।

बेलबारी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख दिल प्रसाद राईले भाषा, साहित्य, कला, संगित, नाट्य तथा साँकृतिक विकासको लागि नगरपालिकाको आवश्यक सहयोग सधैँ रहने बताएका छन् । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका नगर प्रमुख राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य क्षेत्रलाई अझै अध्ययन–अनुसन्धान गरी उत्खनन गर्दै संरक्षण र विकास गर्नुपर्ने महसुस गरेर प्रज्ञा प्रतिष्ठान गठन गरेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा साहित्यकार/सङ्गीतकर्मी मधु गुरुङ, नेकपा (एमाले) बेलबारी नगर अध्यक्ष ईरानराई, नेपाली काङ्ग्रेसका पूर्व नगर सभापति तथा नाट्यकर्मी शम्भु भट्टराई, नेकपा (माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष राम किराँती, जसपा, बेलबारी नगर उपाध्यक्ष कमल गुरुङ, बेलबारी वडा नं.३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, २ का वडाध्यक्ष कृष्ण गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

साहित्यकार, नाट्यकार, गीतकार, लेखक, प्राज्ञहरूले भरिपूर्ण रहेको कार्यक्रममा गजलकार जेबी थुलुङले गजल वाचन गर्नुभएको थिए भने विवेश मोते, लक्ष्मी पौडेल तथा मौसम नेपालीले गीत प्रस्तुत गरेका थिए । उक्त शुभकामना कार्यक्रममा प्रतिष्ठान समितिका उपाध्यक्ष मनकुमार गुरुङले स्वागत मन्तव्य गर्नुभएको थियो भने उपाध्यक्ष अजित कुमार धिमालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सचिव कुलप्रसाद बरालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष रेखा सुवेदीको अध्यक्षता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्