‘मुख्य राजनीतिक पार्टीका कारणले देशमा चरम आर्थिक सङ्कट आएको हो’ : स्वतन्त्र उम्मेदवार गणेश


बेलबारी, २७ असोज । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पोख्रेलले मुख्य राजनीतिक पार्टीकै कारण देश चरम आर्थिक सङ्कटमा पुगेको आरोप लगाएका छन् । सुन्दरहरैँचामा आज पत्रकार सम्मेलन गर्दै मोरङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका सांसद पदका उम्मेदवार पोख्रेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कानेपोखरी स्थायी ठेगाना भई विगत लामो समयदेखि सुन्दरहरैँचा ९ मा बसोबास गर्दै आएका पोख्रेलको गठबन्धन, एमाले र राप्रपाका तर्फबाट उम्मेदवारी दिएका व्यक्तिहरूका बारेमा कडा टिप्पणी रहेको थियो । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका डा. सुनिल शर्मासँग निकै आक्रामक देखिएका पोख्रेलले शर्माले स्वास्थ्य सेवाका नाममा जनतालाई ढाँटेको आरोप लगाए । उनले एमालेका तर्फबाट उम्मेदवारी बनेका निवर्तमान सांसदसमेत रहेका भानुभक्त ढकाललाई यो क्षेत्रको माया नै नभएकाले उनीबाट विकासको आसा गर्नु बेकार रहेको बताएका छन् ।

त्यस्तै राप्रपाको तर्फबाट उम्मेदवार बनेकी रेखा थापा सिने क्षेत्रमा सफल भए पनि राजनीतिमा भने उपयुक्त पात्र नभएको उनको आरोप रहेको छ । भ्रष्टाचार न्यूनीकरण, स्वरोजगार लगायतका क्षेत्रमा आफ्नो मुख्या ध्यान रहेको बताउँदै कृषिको विकास गर्दै घरेलु उद्योगमार्फत वार्षिक रूपमा कम्तीमा १०० जनालाई प्रत्यक्ष रोजगार दिने प्रतिविद्धतासमेत जायर गरेका छन् । आºना लिखित प्रतिविद्धतासहित प्रस्तुत भएका पोख्रेलले लहडमा नभई उपयुक्त व्यक्तिलाई मात्र भोटदिन आग्रह गरेका छन् । जनताले सही र गलत छुट्ट्याउन नसक्दा देश आजको यो अवस्थामा पुगेकोले आसन्न निर्वाचनमा सोचेर मात्र मतदान गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्