मोरङको क्षेत्र नं.३ मा दुई जनाको मात्र मनोनयन फिर्ता (सूचिसहित)


मोरङ, २६ असोज । नेकपा माओवादीका प्रदेश सदस्य तथा बेलबारी नगर समितिका इन्चार्ज तिलक प्रसाद राईले उम्मेदवारी फिर्ता लिएका छन् । राईले मोरङको क्षेत्र नं.३ को २ बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवरको मनोनयन दर्ता गरेका थिए ।

आज बुधवारसम्म मनोनयन दर्ता फिर्ता लिने समय थियो । यस अवधि भित्र राईसँगै क्षेत्र नं.३ को २ बाट स्वतन्त्र उम्मेदवार कञ्चन कुमार बुढाथोकीले पनि फिर्ता लिएका छन् । बुढाथोकी निवृत्त शिक्षक हुन । मोरङको क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्य पदका ३१ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए। प्रदेश सभा सदस्य पदमा १ बाट ७ र २ बाट १५ जनाले मनोनयन दर्ता गरेका थिए ।

राईले सत्तारुढ गठबन्धन भित्रको टिकट बाँडफाँडमा मोरङको क्षेत्र नं.३ मा माओवादी केन्द्रलाई कुनै पनि स्थानमा भाग नपरेपछि बेलबारी नगर समितिलाई प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउन केन्द्रीय गठबन्धनले पुनः विचार गर्न माग राखेका थिए । ८९ जनाको हस्ताक्षरेसहित ध्यानाकर्षण पत्र सार्वजनिक गर्दा पनि माग पुरा नभएपछि राईले २३ गते स्वतन्त्र भएर उम्मेदवारी मनोनयन गरेका थिए ।

क्षेत्र नं. ३ को निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रतिनिधि सभा र १ बाट प्रदेश सभा सदस्य पदको लागि भने कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । क्षेत्र नं.३ बाट प्रदेश सभा सदस्य पदका लागि २ जना स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन फिर्ता लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्