माओवादी केन्द्रका प्रदेश सदस्य तिलक बने स्वतन्त्र उम्मेदवार : मोरङ ३ को ‘२’ बाट मनोनयन दर्ता


बेलबारी, २३ असोज । नेकपा माओवादी केन्द्र प्रदेश नं.१ का सदस्य तथा बेलबारी नगर समितिका इन्चार्ज तिलक प्रसाद राईले मोरङको क्षेत्र नं.३ को २ बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । राईले आइतबार क्षेत्र नं. ३ को निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराएका हुन ।

सत्तारुढ गठबन्धनको असन्तुष्टिको कारण राईले स्वतन्त्र उम्मेदवारी दिएका हुन । गठबन्धन भित्रको टिकट बाँडफाँडमा मोरङको क्षेत्र नं.३ मा माओवादी केन्द्रलाई कुनै पनि स्थानमा भाग नपरेपछि बेलबारी नगर समितिलाई प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउन केन्द्रीय गठबन्धनले पुनः विचार गर्न माग राखेका थिए ।

८९ जनाको हस्ताक्षरेसहित ध्यानाकर्षण पत्र सार्वजनिक गर्दा पनि माग पुरा नभएपछि राईले स्वतन्त्र भएर उम्मेदवारी मनोनयन गरेका छन् । राई २०७४ सालमा स्थानीय तहको निर्वाचनमा बेलबारी नगरपालिका प्रमुखका प्रत्याशी पनि हुन । त्यस बेला उनले मतदान संख्या अनुसार तेस्रो स्थान प्राप्त गरेका थिए ।

गठबन्धनबाट नेपाली काँग्रेसका सुनिल शर्माले प्रतिनिधि सभाको टिकट पाएका हुने भने प्रदेश सभा १ बाट नेपाली काँग्रेसका शेखर चन्द्र थापा र २ बाट नेकपा एसबाट लक्ष्मी श्रेष्ठले टिकट पाएका छन् । तिनै जनाले आइतबार मनोनयन दर्ता गरिसकेका छन् ।

त्यसतै बेलबारी नगरपालिका वडा नं.३ का निवर्तमान सदस्य ऐश्वर्यप्रसाद आचार्यले पनि क्षेत्र नं.३ को २ बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता गरेका छन् । आचार्यले पनि नेपाली काँग्रेस पार्टी परित्याग गरेका हुन । राई र आचार्यसहित क्षेत्र नं.३ २ मा ६ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नं. ३ को निर्वाचन अधिकृत कार्यालयका अनुसार १९ जना स्वतन्त्र उम्मेदवारहरूले प्रतिनिधि सभा सदस्य पद लागी मनोनयन दर्ता गराएका छन् भने प्रदेश सभा सदस्यमा १ बाट १ जनाले मनोनयन दर्ता गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्