मोरङको क्षेत्र नं.३ मा प्रतिनिधि सभा ३१, प्रदेश सभामा १ बाट ७ र २ बाट १५ ले मनोनयन दर्ता गरे (सूचिसहित)


बेलबारी, २३ असोज । मोरङको क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्य पदका ३१ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । प्रदेश सभा सदस्य पदमा १ बाट ७ र २ बाट १५ जनाले मनोनयन दर्ता गरेका छन् । आइतबार क्षेत्र नं. ३ को निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराएका हुन ।

क्षेत्र नं. ३ को निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य पद लागी ३१ मध्य १९ जना स्वतन्त्र उम्मेदवार छन् भने प्रदेश सभा सदस्यमा १ बाट ८ मध्य १ र २ बाट १५ मध्य ६ जना स्वतन्त्र उम्मेदवार छन् । नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदमा भानुभक्त ढकाल, प्रदेश सभा सदस्य पदमा १ बाट किशोर राई र २ बाट ज्ञानेन्द्र सुवेदीले मनोनयन दर्ता गरेका छन् ।

नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य पदमा सुनिल शर्माले मनोनयन दर्ता गरेका छन् । प्रदेश सभा सदस्य पदमा १ बाट नेपाली काँग्रेसका शेखर चन्द्र थापा र २ बाट नेकपा यसबाट लक्ष्मी श्रेष्ठले मनोनयन गरेका छन् । एस र ने.काबिच गठबन्धन रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा रेखा थापा, प्रदेश सभा सदस्य पदमा १ बाट तीर्थ बहादुर गुरुङ रमेश रिजालले मनोनयन दर्ता गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्