काँग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्नेछ : सुजता कोइराला


चितवन, १७ कात्तिक । नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले काँग्रेसलाई कमजोर सम्झनु मूर्खता भएको बताउँदै आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरेकी छन् ।

आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै सो कुरा बताएकी हुन । काँग्रेसलाई कमजोर सम्झनु मूर्खता भएको बताउँदै जनतालाई दुख पर्दा काँग्रेसमा जति नै विवाद र गुटबन्दी भए पनि त्यस बेला एक ठाउँमा हुने गरेको बताइन । “प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा काँग्रेस एक ठाउँमा हुन्छ”, उनले भनिन ।

निर्वाचनपछि काँग्रेस बलियो बन्दै गएको बताउँदै उनले काँग्रेस थियो जुन अवस्थामा, त्यही अवस्थामा काँग्रेसलाई फर्काउने प्रयत्न गरी रहेको बताइन । काँग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने कोइरालाको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्