घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने


काठमाडौं, २२ असोज । घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । भुसालले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता भुसालले पार्टी परित्याग गरेको घोषणा गरेसँगै सत्तारुढ गठबन्धनले रुपन्देही–१ मा रिक्त राखेको छ ।

भुसालले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिने तयारीमा सत्तारुढ गठबन्धनले सहयोग गर्ने भएको छ । भुसाल निकट स्रोतका भन्छन्, ‘उहाँलाई एमालेले होइन, व्यक्ति केपी ओलीले टिकट नपत्याएको हो । ओलीले प्रालीका रूपमा पार्टी चलाएपछि बाध्य भएर स्वतन्त्र हुन विद्रोह गर्नु भएको हो । ‘उहाँलाई सत्तारुढ गठबन्धनका केन्द्र र जिल्ला स्तरका नेताहरूले सहयोगको प्रस्ताव राख्नु भएको छ । सम्भवतः स्वतन्त्र उम्मेदवारी दिने गरी आन्तरिक तयारी गरिरहनु भएको छ ।’

रुपन्देही–१ मा एमालेले पार्टी सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रुपन्देही–३ बाट सिफारिस भएका भुसालले १ बाट उम्मेदवार बनाउन माग गर्दै आएका थिए । तर, त्यहाँ सचिव विश्वकर्मालाई टिकट दिएर भुसाल निर्वाचित क्षेत्र राप्रपाका दीपक बोहोरालाई दिने गरी तालमेल भएपछि उनले अध्यक्ष ओलीले नियोजित रूपमै आफ्नो राजनीतिक जीवनविरुद्ध षड्यन्त्र गरेको भन्दै निकटस्थहरूसँग असन्तुष्टि पोख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्